चार जना सांसदलाई कोरोना पुष्टि
काठमाडौं। संसद भवन परिषरमा हिजो कोरोना परीक्षणका लागि लिईएको स्वाब परीक्षणमा ४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। सांसदहरु लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीलाई कोरोना पुष्टि भएको हो। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले भने, “सचिवालयलाई आधिकारिक त आएको होईन। सांसद ज्यूहरुको फोनमा जानकारी आए अनुसार कोराेना भए/नभएको विषय बाहिर आउन थालेको हो ।”
प्रतिक्रिया दिनुहोस्