कोरोना पीडितलाई राहत प्याकेज यथाशिघ्र ल्याउन कांग्रेसको माग
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना पीडितलाई आवश्यक राहत प्याकेज यथाशीघ्र ल्याउन सरकार समक्ष माग गरेको छ। लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पीडालाई सम्बोधन गर्न कांग्रेसले माग गरेको हो। कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध एकवद्ध भै लड्न र कार्यकर्तालाई संक्रमितको पहिचान, उपचार र व्यवस्थापनमा खटिन पनि भनेको छ।
प्रतिक्रिया दिनुहोस्