बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला हेटौंडा। नेकपा एमालेको बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौलालाई मनोनित गरिएको छ। यसअघिका मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि उक्त पद रिक्त थियो। सोहि रिक्त पदमा निरौलालाई मनोनित गरिएको हो। बागमती प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधानअनुसार निराैलालाई आज मनोनित गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्