लुम्बिनीमा विपक्षी चार दलको माग : पोखरेलको राजीनामा, केसीलाई मुख्यमन्त्री
काठमाडौं। लुम्बिनी प्रदेशमा विपक्षी दलहरूले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गर्दै केसीको पक्षमा ४१ सांसद रहेकाले उनलाई नै मुख्यमन्त्री नियुक्त गरिनुपर्ने माग गरेका हुन्। विज्ञप्तिमा शंकर पोखरेलको राजिनामा माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्