यस्तो छ राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका
काठमाडाैं। राष्ट्रियसभा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्