बैठकमा ढिलो पुग्ने सांसदलाई दर्शकदिर्घाको सिट
काठमाडौं। वैशाख २७ गते हुने प्रतिनिधिसभाको बैठकमा सांसदहरुलाई दर्शकदिर्घामा राखिने भएको छ। दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउँदा बैठक कक्षको सिटले मात्र नपुग्ने भएपछि यस्तो व्यवस्था गर्न लागिएको हो। यो दिन दर्शकदिर्घामा बस्न अन्य कसैलाई पास दिइनेछैन। क्रमसँगै मिलाएर बस्दैजाँदा ढिलो पुग्ने सांसद दर्शकदिर्घामा बस्नेगरी व्यवस्था मिलाउन लागिएको हो। हाल प्रतिनिधिसभामा २६७ जना सांसद छन्।
प्रतिक्रिया दिनुहोस्