नेता नेपाल भन्छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन’ काठमाडौं। नेता माधवकुमार नेपालले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि सहमति नभएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने एकताबद्ध एमाले चाहेको बताएका हुन्। सहमतिका लागि वार्ता र लचकता दुवै अपनाएपनि कुनै सहमति नभएको उनले जनाए। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठक र त्यसले गरेका निर्णय फिर्ता लिनुपर्ने उनको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्