२७ गते प्रतिपक्षी दलको रोहमा माओवादी सांसदलाई बस्ने ब्यबस्था काठमाडौं। संसद पुनर्स्थापनापछि पनि सत्ता पक्षकै कुर्सीमा बस्दै आएको माओवादी केन्द्रका सांसद २७ गतेको बैठकमा भने प्रतिपक्षी रोहको कु्र्सीमा बस्ने भएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद सचिवालयलाई गराइसकेकाले प्रतिपक्षी सांसदको रोहमा सिट व्यवस्थापन हुने भएको हो। नेपाली कांग्रेसका संसदलाई प्रमुख प्रतिपक्षीको रोहमा र जनता समाजवादी पार्टी संसदलाई प्रतिपक्षी रोहमा बस्ने ब्यबस्था रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्