मन्त्री शाहद्वारा निर्माणाधिन सम्मेलन केन्द्रको अनुगमन ललितपुर। शहरी विकासमन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन सम्मेलन केन्द्रको अनुगमन गरेका छन्। उनले आज दिउँसो आधुनिक र प्रविधियुक्त तीनहजार सिट क्षमताको सम्मेलन केन्द्रको अनुगमन गरेका हुन्। अनुगमनमा मन्त्रालयका प्रतिनिधि लगायतका टोली सहभागी थिए। निर्माणाधिन सम्मेलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्