उम्मेदवारी दर्तापछि गृहमन्त्री बादलले भने- मेरो विजय सुनिश्चित छ काठमाडौं। राष्ट्रियसभाको उपचुनावमा उम्मेदवारी दर्ता गराएपछि गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो विजय सुनिश्चित रहेको दाबी गरेका छन्। उम्मेदवारी दिएर बाहिर निस्किने क्रममा उनले भने, "यो प्रदेशको ९ हजार ५६४ मध्ये एमालेको ५ हजार १३० मत छ। त्यसकारणले यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ।" उनले एमालेको माधव नेपाल समूहले स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई समर्थन गर्ने कुरा हल्ला भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्