स्टालिनले लिए तमिलनाडुको मुख्यमन्त्रीमा शपथ एजेन्सी। तमिलनाडुको मुख्यमन्त्रीमा द्रमुक प्रमुख एमके स्टालिनले शपथ ग्रहण गरेका छन्। उनले शुक्रबार बिहान ७ बजे मुख्यमन्त्रीमा शपथ लिएका हुन्। उनीसँगै अन्य ३३ जना मन्त्रीले पनि शपथ लिएका छन्। जसमध्ये अनुभवी तथा वरिष्ठ नेता दुरईमुरुगमसहित अन्य १२ जना पहिलोपटक मन्त्री बनेका छन्। त्यसअघि स्टालिनले दिएको मन्त्री र मन्त्रालयको सूचीलाई राज्यपाल बनवारीलाल पुरोहितले स्वीकृति दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्