अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आज आयुक्त बस्न्यातको स्वास्थ्यको कारण देखाउँदै धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले बस्न्यातलाई छ लाख रुपैयाँ धरौटीमा छोड्न भनेको हो। विशेष अदालतले मंसिर २९ गते बस्न्यातलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्