काठमाडौं। अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं बाहिर रहेकाले १० पुसमा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेद्वार टुंगो लगाउन सकेन।
नेकपाभित्र पूर्वएमालेबाट की पूर्व माओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ।
दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरू भने पूर्वसभामुख सुवा नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्।
यो समाचार आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।
संसदीय प्रक्रिया जानेको, सरकारसँग समन्वय गर्न सक्ने र कानून तथा संविधानमा जानकार भएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने प्रधानमन्त्री ओलीको अडान छ।
चितवन पुगेका दाहाल १० पुसमा काठमाडौं फर्कने कार्यक्रम थियो।
उनी फर्केलगत्तै प्रधानमन्त्री प्रधानमन्त्रीसँग छलफल गरेर नेकपाले सभामुख उम्मेदुवार टुंगो लगाउने नेताहरूले बताएका थिए।
अध्यक्ष दाहाल आज फर्केपछि सभामुखबारे निर्णायक छलफल हुने र सचिवालय बैठकबाट अनुमोदन गरिने नेताहरू बताउँछन्।
" /> काठमाडौं। अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं बाहिर रहेकाले १० पुसमा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेद्वार टुंगो लगाउन सकेन।नेकपाभित्र पूर्वएमालेबाट की पूर्व माओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ।

">