एमालेका शीर्ष नेतालाई गण्डकीका जिल्ला अध्यक्षहरुको माग, 'पार्टी एकता जोगाउनुहोस'
पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकता जोगाउन नेतृत्वसँग माग गरेका छन् । गण्डकीका सबै जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका हुन्। "अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याएको छ। पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भइ पार्टीलाई जोगाउन अनुरोध गर्दछौं," वक्तव्यमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्