महामारीमा औषधि र खोप भ्रष्टाचारमा संलग्न हुने सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ : देउवा काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकार कोरोनाको महामारी व्यवस्थापन गर्न गम्भीर नभएको आरोप लगाएको छ। बढ्दो महामारीबीच सरकारले समयमा खोप व्यवस्था नगरेको, औषधि र खोपमा भ्रष्टाचार गर्नु सरकारको “अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध” ठहर गरेको छ। भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कडा कारवाही गर्न विज्ञप्तिमा माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्