शंकर पोखरेलले लेख्छन्, ‘बादलको तुलना देवकोटासँग हुनै सक्दैन’ काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना डा. खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा राष्ट्रियसभा उपनिर्वाचनका दुवै उम्मेदवार रहेको अवस्थामा मनन गर्न आग्रह गर्दै यस्तो लेखेका हुन्। उनले भनेका छन्, ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्