संवैधानिक परिषद बैठकमा देउवाले भाग नलिने, प्रधानमन्त्रीले संवैधानिक संरचनालाई भत्काएको आरोप काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाग नलिने भएका छन्। सभापति देउवाले आज विज्ञप्ति जारी गर्दै संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा परिषद्को बैठकमा भाग नलिने जनाएका हुन्। प्रधानमन्त्रीले परिषद्को कार्य क्षेत्रलाई संकुचित गर्ने गरी संघीय संसदलाई छलेर अध्यादेश जारी गरी अनुचित कार्य गरेको सभापति देउवाले आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्