कोरोना संक्रमण भएका सांसदलाई २७ गतेको बैठकमा छुट्टै बस्ने व्यवस्था हुने काठमाडौं। २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कोरोना संक्रमित सांसदहरुलाई बस्नको लागि छुट्टै व्यवस्था गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ। अहिलेसम्म उनीहरुको बारेमा कुनै निणर्य नभएपनि भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे टुङ्गो लगाउने जनाइएको छ। “उहाँहरुको सम्वन्धमा बैकल्पिक व्यवस्था हुन्छ। कस्तो व्यवस्था गर्ने सम्वन्धमा निर्णय भने भालि हुन्छ। ” संसद सचिवालयका प्रबक्ता रोजनाथ पाण्डेले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्