सबैभन्दा बढी एमालेका १६ सांसद कोरोना सङ्क्रमित
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने मितिको पूर्वसन्ध्यामा दुईजना मन्त्रीसहित प्रतिनिधिसभाका २४ सांसदलाई कोरोना पुष्टि भएको हो। सचिवालय स्रोतका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै १६ जना सांसद एमालेका रहेका छन्। यस्तै जसपाका पाँच, नेपाली कांग्रेसका तीनजना र माओवादी केन्द्रका दुईजना सांसद रहेका छन्। सङ्क्रमित एकजना सांसद भने राष्ट्रिय सभाका रहेका छन्।
प्रतिक्रिया दिनुहोस्