कांग्रेसको संसदीय दलको बैठकमा महत्वपूर्ण निर्णय आउन सक्ने
काठमाडौं। नेपाली कांग्रेसका संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसदको बैठकमा प्रधानमन्त्री कपी शर्मा ओलीले लिने विश्वासको मत, सरकार गठन र कोरोना महामारी नियन्त्रणबारे छलफल जारी रहेको कांग्रेसका नेता डा. नारायण खड्काले देखापढीलाई बताए। बैठकबाट सभापति शेरबहादुर देउवा भने निस्केका छन्। नेता डा. खड्काले भने, "म एकछिन बसेर निस्किएँ, सांसदहरूले धारणा राख्दै हुनुहुन्थ्यो,आज महत्वपूर्ण निर्णय आउन सक्छ।"
प्रतिक्रिया दिनुहोस्