एमाले एकताको प्रयास विफल, माधव समूहले राजीनामा दिने काठमाडौं। आज माधव समूहका सांसदहरूले राजीनामामा हस्ताक्षर गरेपछि नेकपा एमालेको एकता प्रयास विफल भएको छ। माधव समूहका सांसद यज्ञराज सुनुवारले भने, “जेठ २ गतेमै पार्टी फर्केन भने हुने नै त्यही हो, हाम्रो प्रयास नै त्यही थियो।” बिहीबारदेखि नै एमालेका दुई पक्षका नेताहरू एकता जोगाउन छलफलरत थिए। नेपाली कांग्रेसले माधव समूहको राजीनामा आए मात्र अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्