देउवासँग भेटेलगत्तै ठाकुर र महतो बालुवाटार पुगे काठमाडौं। जसपा अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगतै उनीहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर गएका हुन्। सभापति देउवालाई ठाकुरले आफ्नो पार्टीले अहिलेसम्म कुनैपनि निर्णय गरिनसकेको जानकारी गराएको बुझिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्