एमाले नेता र सांसदलाई खबरदारी स्वरुप एसएमएस अभियान काठमाडौं।एमालेका कार्यकर्ताहरुले नेता तथा सांसदहरुलाई पार्टी विभाजनबाट रोक्न एसएमएस अभियान अघि बढाएको बुझिएको छ।पार्टीका सम्पूर्ण नेता तथा सांसदहरुलाई पठाइएको सन्देशमा, “प्रिय कमरेड, विचार सिद्धान्तको होइन।ओली–नेपालको व्यक्तिगत इगोले सत्यनासको बाटोमा लाग्नुहुने छैन भन्ने लागेको छ। ०५४ सालको क्षतिपूर्ति पाउन ०७४ साल पर्खनुपर्‍यो’,।एसएमएसमा थप भनिएको छ, ‘अहिलेको क्षति तपाईंको पुस्ताले तिर्न सक्दैन। तपाईं र नयाँ पुस्ताको राजनीतिक भविष्य हत्या गर्ने बाटो त्यागिदिनुहोला।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्