महन्थ र महतोले देउवालाई ठोस जवाफ दिएनन् काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई मत नदिन आग्रह गरेका छन्। आज बिहान बुढानीलकण्ठमा देउवासँग ठाकुर र महतोले करिब डेढ घण्टा छलफल गरेका थिए। सभापति देउवाका प्रमुख स्वीकय सचिव भानु देउवाले भने, ‘सभापति देउवाले प्रधानमन्त्रीलाई मत नदिनुस्, हामी पनि दिँदैनौं भनेर आग्रह गर्नुभयो। उहाँहरुले पार्टीमा छलफल गरेर जवाफ दिन्छौं भन्नुभएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्