देउवालाई महन्थको जवाफः घुमिफिरी चुनावतिर जाने अवस्था छ, जसपा तटस्थ बस्छ
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई जसपा अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने निर्णय गर्ने जवाफ दिएका छन्। आज बिहान देउवासँगको भेटमा अध्यक्ष ठाकुरले घुमिफिरी चुनावमा जाने अवस्था भएकाले तटस्थ बस्ने निर्णय गर्ने बताए। महन्थनिकट नेता डा. सुरेन्द्र झाले भने, ‘घुमिफिरी चुनावमा जाने देखिन्छ, एमालेभित्र गडबड भएन भने तटस्थ बस्छौं।’ माग स्थापित गर्ने बेला भएकाले कसैको पक्ष र विपक्षमा नलाग्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्