लुम्बिनी प्रदेशः मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको कांग्रेसका प्रदेशसभा संसदीय दलका सचेतक फखरुदिन खानले बताए। कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर रहेको खानले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्