ठाकुर र महतोले प्रधानमन्त्रीलाई भने– विश्वासको मत दिन सक्दैनौं काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले भेटेर विश्वासको मत दिन नसक्ने जवाफ दिएका छन्।बुढानीलकण्ठमा देउवासँग छलफल गरेर उनीहरू सिधै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।वरिष्ठ नेता महतोले देखापढीसँग भने, ‘विश्वासको मत दिन मिल्दैन र केही काम गरिदिनुभएकोले विपक्षमा जाँदैनौं।’पार्टी जोगाउनुपर्ने भएकाले तटस्थ बस्ने उनले बताए। प्रधानमन्त्रीले केही मुद्दा अदालती प्रक्रियामा रहेकाले पूरा नभएको जवाफ दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्