देउवालाई महन्थ र राजेन्द्र भने- सत्ताको लोभ देखाएर जसपा विभाजन गर्न नलाग्नुस् काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लोभ जसपालाई नदेखाउन महन्थ ठाकुर र राजेन्द्र महतोले जवाफ दिएका छन्। वरिष्ठ नेता महतोले देखापढीसँग भने, "सरकारको कुरा गर्दैनौं, सत्ताको लोभ नदेखाउनुस्। विभाजन गर्ने काम नगरियोस्, गणित मिलाउँदा तपाईंलाई धोका हुन्छ, हाम्रो पार्टीलाई पनि असर गर्नसक्छ। सत्ताको खेलमा लाग्न सक्दैनौं। पार्टीलाई जोगाउनु छ।" सभापति देउवाले जसपालाई फुटाएर सत्ताको खेलमा लाग्दैनौं भनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्