माधव पक्षका सांसद राजीनामा दिन संसद सचिवालयमा काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहित सांसदहरु राजीनामा दिन संसद सचिवालय पुगेका छन्। आज केहीबेर अघि झण्डै १० जना सांसदहरु सिंहदरबारस्थित संसद सचिवालय पुगेका हुन्। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले राजीनामा बुझाउने गरी सचिवालय जाने क्रम जारी छ। एक नेताले भने, ‘पार्टी एकतालाई जोगाउने प्रयास गरिरहेका थियौं। अब त्यो सम्भावना समाप्त भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्