भोलि संसदमा तीन थरिको बस्ने व्यवस्था
काठमाडौं। भोलिको संसद बैठकमा सांसदहरुलाई ३ प्रकारले बस्ने र मत दिने व्यवस्था गरिने भएको छ। एक ठाउँ कारोना परीक्षण गरिएका र नेगेभिट रिपोर्ट आएका सांसदहरुलाई बस्ने र मत दिने व्यवस्था हुनेछ। अर्को संक्रमित सांसदहरुले मत दिने ठाउँ छुट्याइने छ। तेस्रो कोही पीसीआर परीक्षण नगरिएका सांसद भए उनीहरुका लागि पनि भिन्नै बस्ने र मत दिने व्यवस्था गरिने भएको हो।
प्रतिक्रिया दिनुहोस्