विना निष्कर्ष टुंगियो माधव समूहसँग वार्ता, नेम्वाङ भन्छन्, राजीनामा बोकेको चर्चा मात्र हो काठमाडौं। माधव नेपाल पक्षसँग फेरि विना निष्कर्ष वार्ता टुँगिएको छ। केही बेरअघि माधव नेपालसँग सुबास नेम्वाङ र विष्णु पौडेलले सिंहदरबारमा वार्ता गरेका थिए। बैठकबाट बाहिरिँदै नेम्वाङले भने,आजै बेलुका वा भोलि बिहान फेरि बस्न सकिनेछ। राजिनामा बोकेको हल्ला मात्र हो। पार्टी एकता जोगाउनुपर्छ भन्नेमा हामी निकै गम्भीर छौं।अहिले भएको वार्ता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाउने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्