एमाले अध्यक्ष ओलीको अपिलः पार्टीले कसैलाई काखापाखा वा पक्षपात गर्दैन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको पक्षमा अपिल गर्दै भ्रम फैलाइएजस्तो पार्टीले कसैलाई काखापाखा वा पक्षपात नगर्ने बताएका छन्। आज एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। वक्तव्यमा भनिएको छ,"भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई काखापाखा वा पक्षपात गर्दैन। तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन आग्रह गर्दछु।"
प्रतिक्रिया दिनुहोस्