प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई नेकपा एमालेले ह्वीप जारी गरेको छ। भोलि संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन्। त्यसको पूर्वसन्ध्यामा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान २०७७ को धारा २४ अनुसार ह्वीप जारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्