जसपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी नगर्ने, स्वविवेकले पक्ष वा विपक्षमा मतदान गर्न पाउने
काठमाडौं। जनता समाजवादी पार्टीको शीर्ष तहको बैठकले आफ्ना सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय गरेको छ। आज बाबुराम भट्टराई निवासमा दिउँसो बैठक बसेको थियो। बैठकले प्रधानमन्त्रीले लिने विश्वासको मतलाई असफल पार्ने समझदारी बनेको बैठकमा सहभागी नेता राजेन्द्र श्रेष्ठले देखापढीलाई बताए। उनले भने, 'तटस्थ बस्नेले तटस्थ बस्न पायो, समर्थनमा मत खसाल्न पनि पायो।' सांसदहरुले स्वविवेकले पक्षमा वा विपक्षमा मत दिन सक्ने छन्।'
प्रतिक्रिया दिनुहोस्