सहमतिका लागि नेपाल समूहले दिएको समय सकियो
काठमाडौं।पार्टी एकताका लागि भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका समयसीमा सकिएको छ। आइतबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले सहमतिका लागि आज बिहान ९ बजेसम्मको समय दिएको थियो। यो समयमा अध्यक्ष ओलीले माग सम्बोधन नगरेपछि नेपाल समूहका सांसदहरुको बैठक बस्न लागेको छ। नेपालले ओलीलाई पत्र लेख्दै सहमति नभए सांसदहरुले राजीनामा दिने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्