सिंहदरबारमा माधव समूहको बैठक सुरु
काठमाडौं। नेकपा एमालेको माधव समूहको बैठक सिंहदरबारमा सुरु भएको छ। आज बिहान साढे९ बजे सुरु हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो। बैठकमा २१ जना सांसद सहभागी रहेको बताइएको छ। बैठकमा विश्वासको मत वा सांसद पद त्याग गरेर अघि बढ्नेबारे छलफल केन्द्रित छ। हिजो राति वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव प्रधानमन्त्रीलाई पठाएका थिए।
प्रतिक्रिया दिनुहोस्