माधव पक्षलाई प्रधानमन्त्रीको आग्रह : आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक मतभेद भए आपसी छलफलबाट समाधान गर्न माधव नेपाललाई आग्रह गरेका छन्। केहीबेर अघि ट्वीट गर्दै उनले हतारमा कुनै पनि अनुचित निर्णय नगर्न सबै सांसदहरूलाई ध्यानाकर्षण गराएका छन्। “आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं”, उनले भने। उनले दलको तर्फबाट प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आह्वान समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्