जसपाका सांसदहरू पार्टी कार्यालय बबरमहलमा भेला हुँदै काठमाडौं। जनता समाजवादी पार्टीका सांसदहरू पार्टी कार्यालय बबरमहलमा भेला हुँदैछन्। आज १ बजे प्रतिनिधिसभाको बैठक बस्नुअघि पार्टी कार्यालयमा सांसदहरूको बैठक बस्न लागेको जसपाका एक सासंदले देखापढीलाई बताए। उनले अध्यक्ष महन्थ ठाकुरले संसद भवन जानुअघि बैठक बोलाएको बताए। ती सांसदले भने, “हाम्रो नीति तटस्थ बस्ने हो।” जसपाको शीर्ष नेताहरूको बैठकले सांसदले स्वविवेकले निर्णय गर्न पाउने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्