खनाल–नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने, संसद बैठकमा नजाने काठमाडौं। एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरू आजको बैठकमा अनुपस्थित हुने भएका छन्। सो समूहको बैठकले तत्काल राजीनामा नदिने र संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको एक नेताले बताए। राजीनामा दिने सम्बन्धमा सांसदहरुको मत बाझिएपछि उनीहरुले यस्तो निर्णय गरेका हुन्। बैठक बसिरहँदा केही सांसदहरू असन्तुष्टि जनाउँदै बैठकबाट निस्केका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्