माधव समूहका सांसद चौधरी भन्छन्,: कांग्रेस–माओवादीले ल्याउने अविश्वासमा प्रस्तावमा सहयोग गर्छौं काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले कांग्रेस–माओवादीले ल्याउने अविश्वासको प्रस्तावमा सहयोग गर्ने बताएका छन्। सिंहदरबारमा माधव समूहको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याए त्यसमा हस्ताक्षर गर्न तयार छौं।’ प्रधानमन्त्री ओलीले राजीनामा दिने र आजै सपथ खुवाउने तयारी भइरहेको बताउँदै उनले प्रधानमन्त्रीका लागि कुनै कानून र संविधान नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्