गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य पोखरा। गण्डकीमा विपक्षी पार्टीहरुको मागअनुसार सुरु भएको प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले अधिवेशन अन्त्य गरेकी हुन्। प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलाकाअनुसार अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा सचिवालयमा पठाएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्