ओलीको विपक्षमा उभिन नसक्नु कायरता प्रदर्शन : डा.भट्टराई
काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीको विपक्षमा उभिन नसक्नेले कायरता प्रदर्शन गरेको टिप्पणी गरेका छन्।उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोप्रति व्यंग्य गरेका छन्। उनले लेखेका छन्,“ठीक र बेठीकको बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रुपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।”
प्रतिक्रिया दिनुहोस्