प्रधानमन्त्रीले संसदमा मागे विश्वासको मत
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन्। सरकारले अहिलेसम्म गरेका काम र भएका प्रयासहरुको फेहरिस्त प्रस्तुत गरे। उनले सरकार गन्त्यव्य निर्धारण गरी सोहिअनुसारका लक्ष निर्धारण गरेर अघि बढिरहेको र अन्धाधुन्ध अघि नबढेको उल्लेख गरे। मत माग्दै उनले सदनको बलले पुनः प्रधानमन्त्रीमा रहने विश्वास गरे। उनले भने, "विश्वास छ भन्ने कुराको पुष्टि यो सदनले गरोस भन्ने चाहन्छु।"
प्रतिक्रिया दिनुहोस्