संविधानमा त्रुटी छ, संविधान संशोधनको माग गर्छौंः महन्थ ठाकुर
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको माग गरेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले भने, “संविधानमा त्रुटी छ, सरकार अल्पमतमा पर्यो भने कसरी बजेट बनाउँछ, त्यसैले त्रुटीपूर्ण संविधानको संशोधनको माग गर्दर्छौं।” अहिले पनि जातीय र क्षेत्रीय आधारमा पीडित छौं। लोकतन्त्र आए पनि हाम्रो लागि नभएको टिप्पणी उनले गरे।
प्रतिक्रिया दिनुहोस्