आरएसएसका प्रवक्ता नेपालमा

काठमाडौँ। अखिल भारत प्रचार मञ्चका प्रमुख एवं भारतीय राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)का प्रवक्ता अरुण कुमाल नेपाल आएका छन्।

आज काठमाडौँमा एक कार्यक्रमबीच काश्मीरबारे उनले धारणा राख्ने कार्यक्रम रहेको छ।

‘भारतीय संविधानको धारा ३७०: बुझाई र वास्तविकता’ शीर्षक दिइएको कार्यक्रममा उनले भारतीय संसदले धारा ३७० खारेज गर्ने अवस्थामा कसरी पुग्यो भन्नेबारे व्याख्या गर्दैछन्।

संविधानको धारा ३७० खारेजसँगै काश्मीरले संविधान अन्तर्गत नै पाएको विशेष अधिकार खोसिएको छ। जसकारण भारत प्रशासित काश्मीर अझै पनि तनावमा छ।

भारतीय संविधानले काश्मीरलाई दिएको विशेष अधिकारलाई २० साउनमा भारतीय संसदले खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्