उपेन्द्रलाई प्रधानमन्त्रीको जवाफः छुद्र खालको राजनीति नगरौं काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘माखे साङ्लो र आँप झरेको कुरालाई बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।’ तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्