कोरोना खोपमा भ्रस्टाचार भएको भए छानविन गरौंः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपमा भ्रस्टाचार भएको भन्ने हास्यास्पद भएको बताए। कोरोना खोप चार डलरमा किनेको भन्दै यसमा कुनै भ्रस्टाचार भए छानविन गरेर प्रमाणित गर्न चुनौती दिए। "हामीले चार डलरमा खोप किनेका छौं।यो त अन्तर्राष्ट्रियस्तरमै जानकारी भएको विषय हो। यदि यसमा भ्रस्टाचार भएको लाग्छ भने छानविन गरौं न," प्रधानमन्त्री ओलीले सांसद्हरूले राखेको प्रश्नको जवाफ दिने क्रममा भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्