जसपा औपचारिक विभाजनको बाटोमा, उपेन्द्रको हस्ताक्षर अवैध काठमाडौं। जनता समाजवादी पार्टी औपचारिकरूपमा विभाजनतिर उन्मुख भएको छ। नयाँ सरकार गठनका लागि विपक्षी दलका नेताहरूसँगै जसपाका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेपछि विभाजनतिर उन्मुख भएको हो। जसपा नेता डा. सुरेन्द्र झाले भने, “जसपाको पहिलो अध्यक्षको हस्ताक्षरबिना वैकल्पिक सरकार बनाउने जुन प्रक्रिया अगाडि बढेको छ, त्यसले कानूनी वैधता पाउँदैन, र त्यो सङ्ख्या पनि पुग्दैन।” वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्