नयाँ सरकार गठनका लागि आह्वानमा राष्ट्रपतिको कदम कस्तो होला?
काठमाडौं। अबको सरकार गठन कसरी अघि बढ्छ भन्ने विषय राष्ट्रपतिको निर्णयमा निहीत हुने देखिएको छ। संसदमा प्रधानमन्त्रीले विश्वासको मत नपाउनेबित्तिकै कांग्रेस, माओवादी र उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्। तर उपधारा २ अनुसारकै सरकारले अहिले विश्वासको मत नपाएको आधारमा उपधारा ३ बमोजिम सरकार गठनको आह्वान गर्नुपर्ने एमालेको धारणा छ।
प्रतिक्रिया दिनुहोस्