माधव नेपालपक्षले भन्यो– हाम्रो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो काठमाडौं। माधव नेपालपक्षले संसदमा अनुपस्थिति हुनु र प्रधानमन्त्री केपी ओलीको पक्षमा मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठा भएको बताएको छ। विज्ञप्ति जारी गर्दै उक्त समूहले भनेको छ, “हामी फेरि देश, जनता र पार्टीप्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरूलाई सच्याउन, पार्टी एकताका कुराहरूको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्